
नवलपुर२०७७ चैत्र ६
पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ को खरकट्टामा गएराति एउटा दुर्घटना भएको छ । कावासेतीको जंगल निर भएको दुर्घटनामा परी एक जनाको निधन भएको छ ।दुर्घटनामा परी कावासोती नगरपालिका वडा नम्बर –२, बस्ने ३५ वर्षीय जीवन रानाको निधन भएको हो ।
घटनाको प्रकृति हेर्दा कुनै सवारी साधनले ठक्कर दिएको जस्तो देखिए पनि ठक्कर दिने सवारी साधनको पहिचान नभएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
खरकट्टा जंगलमा लु ५८ प ७०४८ नम्बरको स्कुटर र चालक लडि रहेको भन्ने सूचनाको आधारमा घटना स्थल पुगेको प्रहरीले रानालाई रातिनै उद्दार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल पु¥याइएको थियो । तर रानालाई थप उपचारको लागिपुरानो मेडिकल कलेज भरतपुर पर्ठाएको तर उनको विहीबार राति नै उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

