विद्यार्थी कुट्ने क्याम्पसका अध्यक्ष प्रहरी हिरासतमा

ByLumbini Darpan Online

६ चैत्र २०७७, शुक्रबार १३:२८ ६ चैत्र २०७७, शुक्रबार १३:२८ ६ चैत्र २०७७, शुक्रबार १३:२८

परासी, ६ चैत
विद्यार्थी कुट्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रहरी हिरासतमा पुगेका छन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीका सञ्चालक समितिका अध्यक्ष नितेश गुप्ताले विद्यार्थीलाई कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

विज्ञापनलगायतका अन्य प्रकृया नपु¥याई क्याम्पसमा सहलेखापाल नियुक्ति गरेको भन्दै विद्यार्थीले बिरोध गर्दै आएका थिए । सोही विषयमा बिहीबार क्याम्पस प्रशासनमा बुझन् गएका विद्यार्थी सोभित हलुवाई र कमल ढकाललाई अध्यक्ष गुप्ताले कुटपिट गरेको विद्यार्थीहरुले बताएका छन् । कुटपिटमा संलग्नलाई कारबाहीको मागगर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि प्रहरीले अध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । ‘ सहलेखापाल नियुक्तिको विषयमा प्रस्ट पार्न यसअघि निवेदन दिएका थियौ । सोही निवदेनका बारेमा क्याम्पस प्रमुखको कार्यकक्षमा पुगेपछि अध्यक्षले जथाभावि कुटपिट गर्न थाले  हलुवाईले भने ।

केही युवासहित आएका अध्यक्षले एक्कासी मुक्का प्रहार गरेर कुटपिट गरेको हलुवाईले बताए । विज्ञापन नखुलाई र परीक्षा नै नलिएर धीरज कुर्मीलाई सहलेखापालमा नियुक्ति गरेको विद्यार्थीहरुको आरोप छ । कुटिपिट गर्ने अध्यक्ष प्रहरी हिरासतमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *