तिलोत्तमा चैत्र ७
प्रभात आधारभुत बिद्यालय तिलोत्तमा ७ भलवारीको नब निर्मित ४ कोठे भबनको आज शिलन्यास गरिएको छ । चार कोठे भवनको आज तिलोत्तमाकी नगर उपप्रमुख जागेस्वरी चौधरीले भवनको शिलन्यास गरिएको हो । कार्यक्रमको अवसरमा बोल्दै सो अवसरमा बोल्दै उपप्रमुख चौधरीले सामुदायिक बिधालय को भौतिक संरचना र गुणस्तरीय शिक्षामा नगरपालीकाले आफ्नो ध्यान केन्द्रित गरेको बताउदै शिक्षाको बिकाशमा आफु लागी पर्ने दाबि गर्नुृ भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य जमुना लम्साल ,नगर प्रबक्ता सुरेन्द्र श्री ले शिक्षाको बिकाशले मात्र समाज रुपान्तरण सम्भव रहेको भन्दै सामुदायीक बिधालय अब कुनै निजी बिधालय भन्दा कमजोर नहुने दाबि गर्नु भयो । कार्यक्रममा वार्ड सदस्य देबिलाल पंगेनीको बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी ,सल्लाहकार समाजसेवी लगायतको सहभागीता रहेको थियो ।।बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद पंगेनी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । आज सिलन्यास गरिएको सो भवन करिब ३७ लाखमा बन्नेछ ।



















