
अर्घाखाची २०७७ चैत्र ८
अर्घाखाँचीमा बोलेरो डबल क्याप दुर्घटना भएको छ । ।दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । अर्घा सक्रेटी बाट बसाइँसराइ गरि सन्धिखर्क आउँदै गरेको लु १ ज ४५३८ नम्बरको बोलेरो डबल क्याप अनियंत्रित दुर्घटना भएको हो । बोलोरो सडकबाट करिब ५० मिटर तल खसेको अर्घाखाची प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ का २८ वर्षीय सुरज खनाल, उनकी श्रीमती २३ वर्षकी रिता खनाल, ४ वर्षीय छोरा सुपृम खनाल, सोही ठाउँकै ३३ वर्षीय सावित्री खत्री, ६६ वर्षीय सीता खत्री र बोलोरोका चालक ४२ वर्षीय ठक बहादुर खत्री घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए ।
घाईते ७ वनाको अवस्था सामान्य रहेको र घाइते सबैको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको अर्घाखाची प्रहरीले जानकारी दिएको छ