अर्घाखाँची,२०७७ चैत ८
आज अर्घाखाँचीमा बोलेरो जीप दुर्घटना भएको छ ।सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सन्धिखर्क जाँदै गरेको लु१ज ४५३८ नम्बरको बोलेरो जीप आज विहान वडा नम्बर २ चुत्राबेसीमा दुर्घटनामा परेको हो । जीपमा ६ जना सवार रहेकोमा ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको अर्घाखाची प्रहरीले जनाएको छ। घाइतेमध्ये सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाका ४२ वर्षीय चालक ठगबहादुर घर्ती र ६६ वर्षीया सिता खत्री गम्भिर घाइते भएका छन र घाइतेको अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाइएको छ ।
त्यस्तै जीपमा सवार रहेका १८ वर्षीय विजय खत्रीको अस्था सामान्य रहेको र उनको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।