अपांगता भएका ४० जनालाई सहायक सामाग्री प्रदान

लुदअ कपिलवस्तु, चैत ९
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ४ बुढ्ढीमा अपांगता भएका ४० जनालाई सहायक सामाग्री हस्तान्तरण गरिएको छ । नगरपालिका र अपांगता पुर्नस्थापना ससाजको सहयोगमा कपिलवस्तु नेत्रहीन संघको अगुवाईमा ह्विल चियर, ट्राईसाईकल र सेतो छडी वितरण गरिएको हो ।

बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, वडा नम्बर ४ का वडाध्यक्ष पवन कुमार चौधरीले शारीरिक अपांगता भएका ब्यक्ति १० जनालाई ह्विल चियर ५ जनालाई ट्राईसाईकल र २५ जना दृष्टी बिहीनलाई सेतो छडी हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मेयर श्रेष्ठले अपांगता भएका ब्यक्तिहरुलाई यो सामाग्रीहरुले केही भए पनि सहजता मिल्ने बिश्वास ब्यक्त गरे । उनले अपांगता भएका ब्यक्तिहरुलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । सामाग्री नपाएका ब्यक्तिहरुलाई नगरपालिकाले चाडै नै सामाग्री प्रदान गर्ने उनले बताए । सामाग्री पाएका अपांगता भएका ब्यक्तिहरु खुशी भएका थिए ।

नेत्रहीन संघ कपिलवस्तुका अध्यक्ष गोपाल प्रसाद भुसालले अपांगता भएका ब्यक्तिहरु कसैको नजारमा नपर्ने भएकाले उनीहरुलाई सबैले प्राथमिकतामा राख्नु पर्ने बताए । उनले अपांगता भएका ब्यक्तिहरुको नेतृत्व विकास र आयआर्जनमा समेत ठोस सहयोग गर्न आग्रह गरे ।

द ल्याप्रोसी मिसन टु नेपाल अन्तर्गत फाउण्ड परियोजनाका परामर्शकर्ता गीता अर्यालले परियोजना मार्फत अपांगता भएका व्यक्तिहरुको दैनिकि माथि उठाउन गरिएका विभिन्न कार्यहरुको बारेमा जानकारी गराउँदै आगामि दिनमा यस्ता कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

संघका अध्यक्ष भुसालको अध्यक्षता, रोमलाल खनालको संचालनमा भएको कार्यक्रममा मेयर श्रेष्ठ, वडा अध्यक्ष चौधरी, अपांगता पुर्नसथापना केन्द्रका सुगम भट्टराई, बल बहादुर सेन, लगायले मन्तब्य दिंदै एका थिए ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *