पाल्पाको तानसेनको बनमा लाग्यो डढेलो

ByLumbini Darpan Online

१२ चैत्र २०७७, बिहीबार ०९:१३ १२ चैत्र २०७७, बिहीबार ०९:१३ १२ चैत्र २०७७, बिहीबार ०९:१३

पाल्पा ,२०७७ चैत्र १२

पाल्पाको सदरमुकाम तानसेन बजार नजिकैको वनदेवी, होलाङ्दी, श्रीनगरडाँडा वनक्षेत्रमा बुधबार बेलुकीदेखि डढेलो लागेको छ । डढेलोले होलाङदीको वन कार्यालय क्षेत्र, तालिम हल, नर्सरी, अप्पुभिलेज, श्रीनगर गणेश, भुसालडाँडा क्षेत्रमा रातभर डढेलो लागेको हो ।

डिभिजन वन कार्यालयका रेन्जर यमलाल पोखरेलका अनुसार बुधबार बेलुकी नै वन कर्मचारी, सेना, प्रहरी र नगरपालिकाको दमकल डढेलो लागेको क्षेत्रमा पठाइएका थिए । श्रीनगर डाँडामा चण्डी सामुदायिक वन हुँदै आगो सल्किएको थियो ।पोखरेलका अनुसार प्रहरी रातभर वनछेउका घर जोगाउन सक्रिय भएको छ । नगरपालिकाको दमकल तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ । होलाङदीको वनदेवी क्षेत्र, अप्पुभिलेजमा पनि रातभर डढेलो लागेको स्थानीय कृष्ण कार्कीले जानकारी दिए ।

देउराली सामुदायिक वनमा डढेलो कसले लगायो भन्ने थाहा हुन नसकेको डिभिजन वनले जनाएको छ । श्रीनगरडाँडा र वनदेवी क्षेत्रमा सल्लाको जंगल छ । आगो निभाउन भन्दा पनि घरछेउ आए जोगाउने प्रयासबाहेक अन्य उपाय नभएको प्रहरीले जनाएको छ ।
जिल्लाका चुरे तथा अन्य वनक्षेत्रमा दिनहुँ आगलागी हुने गरेको छ । खडेरी मौसम र रूखका पात झरेकाले जानेर वा नजानेर आगलागी हुने गरेको छ । वनमा आगलागी हुँदा जडीबुटी, वृक्षरोपण गरिएको बिरुवा जोगाउन मुस्किल भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *