जनकपुरधाम ,चैत्र १२
ओछ्यानसहित बेपत्ता भएको एक महिनापछि महोत्तरीको पीपराका झा दम्पतीको शव फेला परेको छ ।ओछ्यानसहित हराएका झा दम्पतिकोृ शव हत्या भएर गाडेको अवस्थामा गाडेको अवस्थामा पिपरा गाउँपालिकाको वडा नं२ स्थित अतरा जाने बाटोमा बिहीबार फेला परेको हो
दुवै जनाको शव ।
गएको फागुन ११ गते राति पीपरा गाउँपालिका–५ सहोडकाबाट ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी ओछ्यानसहित बेपत्ता भएका थिए।व्यापक खोजतलासको क्रममा झा दम्पतिको शव निर्माणधिन सडकमै गाडेको अवस्थामा फेला परको हो। कंकाल भेटिएकै ठाउँमा झा दम्पतीको लुगाफाटो लगायतका सामानहरुसमेत पनि भेटिएको छ।
पीपरा बजारबाट अतरा जाने बाटोको डाईभर्सन भएको ठाउँमा शव भेटिएको प्रहरीले जनाएको छ। सडक निर्माण अन्तर्गत दोस्रो चरणमा माटो बिछ्याउने क्रममा माटोले पुरिएको अवस्थामा दुवै जनाको शव एकै ठाउँमा गाडेको अवस्थामा भेटिएको हो।
प्रहरीले शव उत्खनन गरी पोस्टमार्टमका लागि लग्ने तयारी गरको छ। झा दम्पतिकै जस्तै शव देखिएपनि अनुसन्धान र पोस्टमार्टम पश्चात मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।बेपत्ता पारेको आशंकामा केही दिन अघि ३ छिमेकीसहित चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरी सार्वजनिक गरेको थियो।






















