वन पैदावार खुल्ला गर्नुपर्ने सामुदायिक वनका पदाधिकारीको माग

हरि आचार्य कपिलवस्तु, चैत १२

सरकारले केहि समय अगाडि देखि काठ दाउरा विक्रिमा लगाएको अंकुश सुचारुगर्नुपर्ने सामुदायिक वनले माग गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तुद्धारा आयोजित वनका अध्यक्ष तथा पदाधिकारीहरुको भेला तथा अन्तरक्रिया कार्यक्रममा यस्तो माग गरिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सचिव ठाकुर भण्डारीले सरकारले काठ दाउरा विक्रि वितरणमा रोक लगाएको यथाशिघ्र सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सचिव भण्डारीले सम्पुर्ण वन पैदावार खुल्ला हुनुपर्ने माग गर्दै उपभोक्ताको हितमा नियमावलीको लागि विशेष पहल गरिरहेको बताए । उनले गर्मीयाम बढेकाले आगलागीबाट बच्न वनका पदाधिकारी, उपभोक्त सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताउँदै अगालगीबाट मृत्यु भएमा रु १ लाख र घाईते भएमा रु १० हजार महासंघको विमा सुविधाबाट प्रदान गरिने बताए ।

त्यस्तै अन्तरक्रियाबाट सामुदायिक वनको साधारण सभा समयमा गर्नुपर्ने, महिला सशक्तिकरणका कार्यक्रम गर्ने, रोकिएको काठ दाउरा विक्रि वितरणलाई यथाशिघ्र खुल्ला नगरे आन्दोलन गर्ने लगायतका महत्वपुर्ण निर्णय गरिएको छ ।

महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्राईको अध्यक्षता, केन्द्रिय सदस्य बालिका बुढाथोकीको विशिष्ट आतिथ्यता, प्रदेश न्यायिक समिति सदस्य चेतनारायण भण्डारीको आतिथ्यता, नगर समिति उपाध्यक्ष ढाकाराम अधिकारीको स्वागत मन्तब्य तथा नगर समिति सदस्य दुर्गा प्रसाद पौडेलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सामुदायिक वनका अध्यक्ष, पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *