वडा कार्यालय मार्फत विद्यालयलाई सहयोग सामाग्री हस्तान्तरण

[sharethis-inline-buttons]

रामु यादव
कपिलवस्तु को मायादेवी गाउँ पालिका वडा न १ को वडा कार्यालय बाट वडा न १ भित्र रहेका सामुदायिक विधालय ,संस्थागत बिधालय र मदरसाहरुमा स्टेशनरी , स्वास्थ र कोभिड १९ को समाग्री वितरण गरिएको छ ।

विधार्थीहरूको शैक्षिक स्तर उकास्न का साथै शैक्षिक अवस्था मा सुधार पुर्‍याउन स्वास्थ्य पूणर् जीवन यापन गर्न कोभिड १९को महामारी बाट बच्न को लागि समाग्री वितरण गरिएको छ।
यस कार्यक्रम मा मायादेवी गाउँ पालिका को वडा अध्यक्ष हरि गोबिन्द चौधरी ,वडा सचिव शिव प्रकाश वर्मा, नायब पशु सहायक प्राबिधिक महेन्द्र प्रसाद कोहार , आ इ टी अफिसर हरिना साही ,कम्प्युटर अपरेटर्स दिप राज चौधरी, जे टी ए अतिकुर्रहमान, समाजिक परिचालक राम चरन चौधरी र वडा भरीमा रहेको विधालय मदरसा हरु को प्रधानाध्यापकको उपस्थित मा कार्यक्रम सम्पन्न भएको नायब पशु सहायक प्राबिधी महेन्द्र प्रसाद कोहार ले बताऐ।


प्रकाशित : २०७७ चैत्र १३, शुक्रबार ०४:००