Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

नवलपुरका वनमा लाग्यो डढेलो

कावासोती ,२०७७ चैत्र १२
नवलपुरका विभिन्न सामुदायिक वनमाकाृ करिब दुई हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डढेलोले यस क्षेत्रको वायुमण्डल धुवाँले ढाकेको छ । यहाँ रहेका सामुदायिक वनमा लागेको आगोले जिल्लाको सबैजसो क्षेत्रमा अहिले धुवाँमय भएको छ ।

गत वर्ष नवलपुरमा ६०० हेक्टर क्षेत्रफलमा मात्रै डढेलो लागेकामा यो समय चैतको दोस्रो हप्ताभित्र नै दुई हजार हेक्टर बढी क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिव श्रेष्ठले बताए । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा अहिले पनि ढडेलो लागेको भन्ने सूचना आइरहेकाले डढेलो लागेको वनको क्षेत्रफल बढ्न सक्ने सूचना अधिकारी श्रेष्ठले बताए । छ । सूचना अधिकारी श्रेष्ठका अनुसार राजमार्ग आसपासका क्षेत्रमा चुरोट खाएर फालिदिने गर्दा आगलागी हुने गरेको छ । यस्तै सामुदायिक वनसँग विभिन्न कारणले मनमुटाव रहेका व्यक्तिले रिसले समेत आगो लगाएको पाइएको छ भने वन्यजन्तुको शिकार गर्न तथा वनमा आगो लगाएपछि च्याउ राम्रो आउँछ भनेर पनि आगो लगाउने गरेको उनले बताए । पहिलेपहिले खोरीया फाँड्न वनमा आगो लगाउन चलन भए पनि नवलपुरमा अहिले भने यस्तो नरहेको सूचना अधिकारी श्रेष्ठले बताए । नवलपुरमा करीब ७० हजार ४०० हेक्टर क्षेत्रफलमा वन रहेको छ । नवलपुरमा २०८ वटा सामुदायिक वन, १५३ वटा कबुलियती वन, आठ वटा धार्मिक वन, साझेदारी र चक्ला वन एकरएक वटा रहेको छ । अहिले धेरैजसो वनमा डढेलो लागेको छ । पहाडी क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न मुस्किल देखिएको छ । अप्ठ्यारो स्थानमा लागेको आगो निभाउन असम्भव जस्तै देखिएकाले तत्काल नियन्त्रणमा आउन सक्ने सम्भावना देखिएको छैन ।

सामुदायिक वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि वन समूहले प्रयास गरे पनि डढेलोबाट वन जोगाउन भने सकेका छैनन् । अघिल्ला वर्षमा भन्दा यस वर्ष यहाँका सामुदायिक वनले डढेलो नियन्त्रणका लागि प्रभावकारीरुपमा काम नगरेको देखिएको छ । वैज्ञानिक वन व्यवस्थापन प्रणाली खारेजी, काठ दाउरा उपभोगमा लामो समय गरिएको प्रतिबन्धका कारण उपभोक्तामा नैराश्यता देखिएको वैज्ञानिक वन सञ्जाल नवलपुरका अध्यक्ष मधुविलास अधिकारीले बताए । यसै कारणले समेत संरक्षणमा उपभोक्ताको चासो कम भएको अनुमान गरिएको छ ।
जिल्लाका विभिन्न वन क्षेत्रमा लागेको डढेलोले आकाशमा धुवाँले ढाक्दा आँखा पोल्ने समस्यासमेत देखिएको छ । धुवाँका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समेत समस्या उत्पन्न हुन सक्ने मध्यबिन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताए । आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गर्ने, बेलाबेलामा चिसोपानीले आँखा धुने र श्वासप्रश्वासमा समस्या हुन नदिन मास्क लगाउने जस्ता उपाय अपनाउन सकिने कुरा जानकारी दिए ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *