अर्घाखाँची आउदै गरेको जिप दुर्घटना : २ जना घाईते

[sharethis-inline-buttons]
चैत १३ अर्घाखाँची।
अर्घाखाँची जाँदै गरेको बलेर जिप कपिलवस्तुको गोरूसिङगे -पथ्थर सडकखण्डमा केही बेर अधि दुर्घटना हुदा २ जना घाईते भएका छन् ।  बुटवलबाट किराना पसलको सामान बोकेर अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु २ च ७०२५ नम्बरको गुडिरहेको जिप सडकमा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुदा सन्धिखर्क १२ का २६ बर्षिय जिप चालक बिवल श्रेष्ठ र रूपन्देही शुद्दोधन गाउँपालीका २ का २८ बर्षिय नागेश्वर थारू घाईते भएका छन् । घाईते दुबै जनालाई थप उपचारका लागि बुटवल पठाईएको ईलाका प्रहरी कार्यालय गोरूसिङगेका प्रहरी निरीक्षक कृष्ण रानामगरले जानकारी दिनु भयो । दुर्घटनामा जिपमा क्षेति भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७७ चैत्र १३, शुक्रबार १४:०२