ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गैँडाकोटमा ११ करोड लगानीमा होटल सञ्चालन हुने

लुम्बिनी दर्पण २०७७ चैत्र १५, आईतवार ११:०५
[sharethis-inline-buttons]

नवलपरासी, चैत १५

नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिका–२ को शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ।तीनतारे गुणस्तरको होटल सञ्चालन गर्ने लक्ष्यसहित गैँडाकोटमा रु ११ करोड लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याइएको हो।

होटल व्यवसाय र चलचित्र क्षेत्रमा समेत काम गर्दै आएका दुई युवाले होटल सञ्चालनमा ल्याएका हुन्। १२ वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका राम गैरे तथा १० वर्षदेखि होटल सञ्चालन गर्दै आएका चलचित्रकर्मी ध्रुव न्यौपानेको लगानीमा होटल सञ्चालनमा आएको हो। गैरेको जापानमा चार तथा नेपालमा दुईवटा होटल सञ्चालनमा छन्।

यसअघि धवलागिरि फिल्म हल रहेको भवनलाई व्यवस्थित गर्दै रु ११ करोडको लगानीमा होटल सञ्चालन गरेको गैरेले बताए। पाँच कठ्ठा पाँच धुर जमिनसहितको भवनलाई व्यवस्थित गर्दै होटल सञ्चालनमा ल्याइएको होटलको गुणस्तर तथा सेवा, सुविधा वृद्धि गर्दै लगिने गैरेले बताए। नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै नेपालकै केन्द्रमा पर्ने गैँडाकोटमा समेत पर्यटनको ठूलो सम्भावना देखिएका कारण उनले पाँच वर्षको अध्ययनपछि होटल सञ्चालनमा ल्याएको बताए।

ठूला होटलले प्रदान गर्ने सेवा, सुविधा सस्तो शुल्कमा प्रदान गरिने भन्दै सञ्चालक न्यौपानेले नेपालमा नै स्थापित हुने गरेर होटलमा लगानी गरिएको बताए। सो होटलमा पार्टी प्यालेस, रेष्टुरेन्ट एन्ड बार, सेमिनार हल, ट्राभलका लागि गाडी व्यवस्था गरिएको छ। एक सय जनासम्म बास बस्न मिल्ने गरी तीन प्रकारका कोठाको व्यवस्था गरिएको उल्लेख गर्दै न्यौपानेले एकैपटकमा एक हजार ५०० जनालाई खाना खुवाउन सक्ने गरी सेमिनार तथा भोजभतेर गर्न सकिने हलको सुविधा रहेको जानकारी दिए।

नेपाली, चाइनिज, इन्डियन, थाइलगायत एशियन फुड्सको सेवा उपलब्ध गराउने गरी होटल सञ्चालन गरिएको न्यौपानेले बताए। रु ५ सयदेखि दुई हजार २०० सम्मका बास बस्ने कोठाको व्यवस्था गरिएकाले अन्यको दाँजोमा सस्तो र गुणस्तरीय सेवा प्रदान गरिने उनले बताए। होटलमा स्विमिङ पुल ९पौडी पोखरी०को तयारीसमेत भइरहेको उनको भनाइ छ।

होटलका व्यवस्थापक हरि पौडेलले होटललाई जिल्लाकै उत्कृष्ट होटलका रूपमा स्थापित गर्दै लैजाने बताए। होटलमा प्रत्यक्षरूपमा १६ जनाले रोजगार पाएको पौडेलको भनाइ छ। होटलले स्थानीय उत्पादनलाई प्राथमिकता दिने उल्लेख गर्दै पौडेलले यसबाट स्थानीय उत्पादनको प्रवद्र्धन हुने बताए।

सो होटलको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले गरेका थिए। शनिबार होटल उद्घाटनका क्रममा ढकालले लगानीको वातावरण बनाउन राज्यले समेत सोहीअनुरुपको नीति ल्याउनुपर्ने बताए। होटलले गुणस्तर र सेवाग्राहीको इच्छाअनुसारको सेवा, सुविधा उपलब्ध गराउनुपर्ने ढकालको भनाइ थियो।


प्रकाशित : २०७७ चैत्र १५, आईतवार ११:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न
  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव
  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी
  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन
प्रतिक्रिया

यो पनि पढौँ

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

‘अलबिदा’ लेखेका डाक्टरले गृहमन्त्रीलाई भने- अंकल ! म कांग्रेसी भएकाले टार्गेटमा परेँ

सुन व्यापारी सडकमा, सरकारसँग के छन् माग ?

‘भिजिट भिसा ६४ सालदेखिकै समस्या हो, त्यत्तिकै छाड्दैनौं’

अदालतमा हाजिर भए रवीन्द्र मिश्र : बयान सुरु, आजै थुनछेक आदेश

सुनको मूल्य २५ सय रुपैयाँले घट्यो

एनओसी अनियमितताबारे शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान, छानबिन कार्यदल गठन

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech