बागलुङको होली मेलामा झडप हुँदा दुईको मृत्यु

[sharethis-inline-buttons]

बागलुङ ,चैत्र १६
बडिगाड गाउँपालिका(१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा पर्दा दुइ जना युवाको मृत्यु भएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती हुदा ३६ वर्षीय प्रकाश कुँबर र ३४ वर्षीय दिपक दमाइको मृत्यु भएको हो । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए।

आइतबार दिउँसो बडिगाड(१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए। स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका(७ र बडिगाड(१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ।

घटनामा १० देखि १५ जनाबिच झडप भएको हुनसक्ने स्थानीयवासीले बताएका छन्। घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ।


प्रकाशित : २०७७ चैत्र १६, सोमबार ०९:२२