
लुदअ कपिलवस्तु, १७ चैत्र
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ३ मा एक युवक मृत फेला परेका छन् । राजापानी सामुदायिक वनको पार्कभित्र अन्दाजी २५÷२६ बर्षका कपिल बेलबासे नाम गरेका युवक मृत फेला परेका हुन् । हातखुटटा वाधिएको र शरिरका विभिन्न भागमा हतियारले काटिएको अवस्थामा उनको शव भेटिएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय पिपराको टोली त्यहाँ पुगेको छ । गंगोलिया घर भएका उनी होलीको उमंगपछि राती १२ वजेतिर घरबाट निस्किएका बताइएको छ । प्रहरीले उनीसंगै होटलमा वसेर खानपिन गरेका ३ जनालाई नियन्त्रणमा लिएको छ भने सत्यतथ्य पत्ता लगाउन कुकुर परिचालन गरेको छ । स्थानीयले बेलबासेको हत्या गरिएको बताएका छन् ।
हत्या हो या अन्य कारणले बेलबासेको मृत्यु भएको भन्नेबारे प्रहरीले अझै केही बताएको छैन । मृतक बेलबासे केही महिनाअघि वैदेशिक रोजगारीबाट घर आएका बताइएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।