
रामु यादव ।
समाज सेवी युवा क्लब शुद्धोधन गाउँपालिका वडा नं १ द्धारा आउँदै गरेको नयाँ बर्ष २०७८ को अवसरमा पतरिया साुमदायिक सिकाई केन्द्र अनराठमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा शुद्धोधन गाउँपालिका वडा नं १ क वडाध्यक्ष तिलकराम यादवले नयाँ बर्षले सबैमा नविनतम सोंचको विकास हुनुपर्ने भन्दै सम्पुर्ण वडावासीहरुमा सुख शान्ति समृद्धिको कामना व्यक्ति गरेका छन् । युवाहरुको सक्रियतामा स्थापना भएको सो क्लवले स्थापना काल देखी बिभिन्न किसिमका रचनात्मक र सृजनात्मक कामहरु गर्दे आइरहेको छ ।
कार्यक्रममा वडा सदस्य नथई यादव ,पत्रकार रामु यादव क्लवका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।