रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गहुँको मूल्य तोकियो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

तिलोत्तमा, ३० चैत ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको समर्थन मूल्य तोकेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम मूल्य तोकेको हो तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ५० रुपैंयाँ तोकेको हो । तिलोत्तमा नगरपालिकाले गत वर्षबाट गहुँको समर्थन मूल्य तोक्न थालेको थियो । गत वर्ष तिलोत्तमाले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार तोकेकोमा यस वर्ष एक सय ५० रुपैंयाँ बढाएको हो ।

तोकिएको मूल्यमा कुनै किसानको गहुँ विक्री नभएमा त्यसको बजारीकरण गर्ने जिम्मा समेत नगरपालिकाले लिने जनाइएको छ । किसानले लागतअनुसारको लाभ प्राप्त गर्न नसकेको गुनासो किसानबाट आइरहँदा नगरपालिकाले गहुँको समर्थन मूल्य तोकेको कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए । तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा १३२ मेट्रिक टन गहुँको बिऊ किसानलाई ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो ।
जनप्रतिनिधि आएदेखि नै तिलोत्तमाका किसानले अनुदानमा गहुँको बिऊ प्राप्त गर्दै आएका छन् ।

अनुदानमा उन्नत बिऊको उपलब्धतासँगै किसानहरुले बाँझो राख्ने खेतमा समेत पछिल्ला वर्षमा गहुँ खेती गर्ने क्रम बढेको कृषि शाखाले जनाएको छ । नगरप्रमुख एवं समितिका संयोजक बासुदेव घिमिरेले समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हट्ने विश्वास व्यक्त गरे ।


प्रकाशित : २०७७ चैत्र ३०, सोमबार ०६:०८