वालमैत्री वडा घोषणाका लागि वडा नं. ११ को टिम अध्ययन अवलोकनमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भएकाले सामाजिक रुपान्तरणलाई विशेष ध्यान दिंदै अगाडि बढेको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ले वालमैत्री वडा घोषणाका लागि विभिन्न कार्यक्रमलाई अगाडि बढाएको छ । वालमैत्री वडा घोषणाका लागि विभिन्न सुचक पुरा गर्दै आएको छ । वाल अधिकार संरक्षणका लागि वडाले गरेका कार्यक्रम प्रभावकारी बन्दै गएका छन् ।

सोहि क्रममा वडा नं. ११ को आयोजना, सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुको नेतृत्वमा अध्ययन, अनुगमन अवलोकन गरिएको छ । वाल मैत्री वडा घोषणालाई प्रवद्र्धन गर्ने उद्देश्यले नवलपरासीको सुनवल नगरपालिकाका विभिन्न विद्यालय, वाल उद्यान, पार्क, धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलमा पुगि अध्ययन अनुगमन गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिए । वडाको विकास निर्माणसंगै वालवालिकाको क्षेत्रमा अहोरात्र खट्ने वडाध्यक्ष अर्यालले वडाको सबै पक्षको विकासका लागि आफु लागि परेको बताए ।

बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु, शिक्षा शाखा प्रमुख बाबुराम भट्राई, वडा अध्यक्ष सोमनाथ अर्याल, वडा सदस्यहरु, बाल क्लब, वडा सचिव, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष लगाएत ६० जना टिम अनुगमनमा गएको हो ।

वाल मैत्री स्थानीय शासन घोषणाका लागि त्यस स्थानमा भएका कार्यहरुको बारेमा अनुगमन गरि वडामा लागु गरिने वडाध्यक्ष अर्यालले बताए ।

यस अघि वडाका हरेक टोल टोलमा पुगि विभिन्न नारा लेखिएका पर्चा, पम्प्लेट तथा ब्यानर सहित टोलटोलमा पुगि वडावासीलाई सचेत गराइएको थियो । बाल संरक्षण बाल बचाउ बाल बिकास बाल सहभागीता, बालमैत्री वडा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ अगाडि बढि सबै मिलेर बालमैत्री वडा घोषणा गर्न वडाध्यक्ष सोमनाथ अर्यालले सबैलाई आग्रह गरे ।


प्रकाशित : २०७७ चैत्र ३०, सोमबार १०:०६