
लुदस,
नदिको बहाव सागुरो बनाएर संरचना निर्माण गर्दा प्राकृतिक विपत्ति निम्तिने जोखिम बढेको भन्दै बाणगंगा नगरपालिका ६ का बासिन्दा चिन्तित बनेका छन् ।
उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालय ले यस आर्थिक वर्षमा विनियोजन गरेको २० लाख लागतमा वडा नं ७ ले लक्ष्मणघाटमा पुलको उत्तर तर्फ पर्खाल लगाउन थालेपछी नदिको बहाव स्थल सागुरो हुने र केहि मिटर पछाडीबाट पर्खाल लगाउनुपर्ने लक्ष्मणघाटका स्थानियबासी हुमनाथ भट्रराईले बताए ।
सो संरचनाले नदिको बहाव सागुरो गराएको र वर्षायाममा बाढीको विपत्ती निम्तिने उनिहरुको ठहर छ । वडा नं ६ का वडा अध्यक्ष सुकदेव थारुको नेतृत्वमा गएको टोलीले तत्काल काम रोकेर द्धिर्घकालिन समस्या नआउने उपाए अपनाउनुपर्ने बताए ।
वडा नं ७ का केहि स्थानियहरुले एकलौटी तरिकाले मनपरि संरचना निर्माण गरेको वडा नं ६ का रण बहादुर काउचाको भनाई छ । नदिमा आज विहानै दुवै वडाका स्थानिय विच सामान्य भनाभन समेत भएको थियो ।