
हरि आचार्य, कपिलवस्तु
भारतसंगै नेपालमा पनि कोरोना संक्रमणको जोखिम प्रबल रहेकाले राजापानी नमुना टोल विकास संस्थाले संक्रमण नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरुलाई तिब्रता दिएको छ । सोहि क्रममा आज टोल विकास संस्थाका अध्यक्ष लाल कुमार महतको नेतृत्वमा स्यानिटाईजर तथा मास्क वितरण गरिएको छ । बाणगंगा ३ मा रहेको राजापानी नमुना टोल विकास संस्थाले भक्तौली चोकमा आवतजावत गर्ने सम्पुर्ण नागरिकहरुलाई स्यानिटाईजर तथा मास्क वितरण गरि सचेतनामुलक कार्यक्रम गरेको हो ।
विशेष गरि नागरिकहरुमा स्यानिटाईजर र मास्क प्रयोग गर्नुपर्छ भन्ने कुराको सचेत गराउने उद्देश्यले आवतजावत गर्ने विद्यार्थी, कर्मचारी, व्यवसायी लगायत सम्पुर्ण नागरिकलाई रोकेर स्यानिटाईजर र मास्क वितरण गरि सचेत गराईएको टोल विकास संस्थाका अध्यक्ष महतले बताए । अध्यक्ष महतले सबैले स्वास्थ्य मापदण्ड पुरा गर्दै आफनो कार्यलाई निरन्तरता दिन आग्रह गर्दै सबै मिलेर कोरोनालाई अन्त्य गर्न आवश्यक रहेको बताए ।
जनप्रतिनिधिहरुलाई पनि उक्त स्वास्थ्इ सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा प्रहरी चौकी गजेहडाका सुरक्षाकर्मी हरि राना भाट, विरेन्द्र यादव, टोल विकास संस्थाका सचिव ज्ञान बहादुर विक, टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
टोल विकास संस्थाका अध्यक्ष लाल कुमार महतको अध्यक्षतथा तथा सह सचिव राजेश थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
केही तस्बिरहरु