
रामु यादव ।
“शुद्धोधन गाउँपालिकाको प्रतिबद्धता सम्पूर्ण बालबालिकाहरूमा खोप सुनिश्चितता, शुद्धोधनको पहिचान पूर्ण खोप हाम्रो अभियान ” भन्ने मुलनाराका साथ मङ्गलवार एक कार्यक्रम बीच शुद्धोधन गाउँपालिका ६ वडा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ
सबै खोप लगाउने उमेरका बालबालिकाले समयमै खोप लगाएको र अब जन्मिने बालबालिकाले पनि खोप पाउने निश्चित भए सँगै शुद्धोधन गाउँपालिका वडा नं ६ बाँसखोर ले पूर्ण खोप सुनिश्चितता घोषणा गरेको हो । शुद्धोधन गाउँपालिका ६ का बालबालिकाहरु समयमै खोप सम्पूर्ण खोप पाइसकेकोले ६ नम्बर वडा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको उक्त वडाका स्वास्थ्य इन्चार्ज रामकृष्ण पन्थीले बताए ।
लुम्बिनी प्रदेश अन्तरगतको ऐतिहासिक अरौराकोट, लुम्बिनी र तिलौराकोटको बीचमा पर्ने प्राकृतिक स्रोत र साधनको धनी शुद्धोधन गाउँपालिका अन्तर्गतको मध्ये भुभागमा अवस्थित वडा नम्बर ६ साबिक बाँसखोर गा.बि.स.,शिक्षा र स्वास्थ्यको क्षेत्रमा निकै फड्को मारेर अगाडी बढेको अवस्था रहेको छ । नेपाल सरकारको संविधान २०७२ को धारा ३५ को मर्मअनुसार जनताले सबै आधारभूत सेवा निःशुल्क पाउने अंगिकृत गरेको छ । सो अनुसार उक्त वडा अन्तरगतको सबै आधारभूत सेवा प्रदान गर्ने लक्ष्य अनुरुप बाँसखोर स्वास्थ्य चौकी वडा नम्बर ६ निरन्तर अगाडि बढी काम गरिरहेको छ ।
उक्त स्वास्थ्य चौकी अन्तरगत ५ वटा खोप केन्द्र मार्फत खोप सेवा प्रदान गरिदै आएको छ । जस मध्ये स्वास्थ्य संस्थामा केन्द्र हुने ठाउँमा मात्रै भवन रहेको बाँकी ४ स्थानहरूमा खोप भवन निर्माण एकदमै आवश्यक रहेको छ । स्वास्थ्यकर्मी दरबन्दी अनुसार पूरा रहेको पनि कोभिड १९ को प्रकोपको कारणले खोप सेवा प्रदान गर्न सुरक्षा सावधानीका प्रक्रिया अपनाई सेवा अटुट रुपले प्रवाह गरिरहेको छ ।
लाईन लिष्टिङ्ग गर्दै शुन्य देखि २३ महिनाको बच्चा तथा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरु मध्ये शून्य डोजको कोही नरहेको र ५ वर्ष भित्रको बच्चा तथा बालबालिकाहरु ० देखि १५ महिनाका हाल सेवा पाइरहेका कुल जम्मा बच्चा संख्या . २४५ जना रहेका छन सबै जना सेवामा निरन्तर रहेका छन । १६ देखि २३ महिनाका हाल सेवा पाइरहेका कुल जम्मा बच्चा संख्या . १५८ जना रहेका छन् ।
अब जन्मने बालबालिकाले पनि खोप समयमै पाउने व्यवस्था भइसकेकोले घोषणा गरेका आयोजकले बताएको छ । कार्यक्रमका प्रमुख अतिथि शुद्धोधन गाउँपालिका अध्यक्ष निशार अहमद खाँ, बिशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष सुधा देवी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली , वडा नं २,का वडा अध्यक्ष मनोज कुमार यादव, लेखा अधिकृत ऋषिदेव अर्याल, स्वास्थ्य संयोजक अस्फाक अहमद खाँ, प्रशासन शाखा प्रमुख ईश्वरीप्रसाद न्यौपाने, चिन्ता मणि ज्ञवाली, मो.इरफान खान, वडा सचिव बद्रि प्रसाद यादव ,शुद्धोधन गाउँपालिका सबै वडाका स्वास्थ्य कार्यकर्ता ,वडा नं.६,को स्वास्थ कार्यकर्ता रामकृष्ण पन्थी , श्याम प्रसाद चौधरी, श्यामकला नेपाली, अकलेश कुमारी गुप्ता,अन्जली श्रीवास्तव ,चन्द्र राम कुर्मी,वडा नं ६ को वडा सदस्य, महिला स्वास्थ्य स्वयसेविका, शिक्षक, प्रधानाध्यापक ,समाज सेवी, व्यवस्थापन समिती, खोप समिति, सुआहाराका शिव सागर धवल, लुम्बिनी दर्पण राष्ट्रिय सप्ताहिकका पत्रकार रामु यादव लगायतको उपस्थित रहेको सो कार्यक्रम शुद्धोधन गाउँपािलका वडा नं ६ का वडाध्यक्ष बिजय बहादुर यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।