
हरि आचार्य, कपिलवस्तु
धेरै स्थानमा अध्यारोका कारण विभिन्न घट्नाहरु भएको खबरहरु धेरै आउने गरेका छन् । सोहि समस्यालाई मध्यनजर गर्दै कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ गोबड्डिहवा गाउँलाई उज्यालो पारिएको छ । रात्री सडक वत्ती निर्माण समिति गठन गरि गोबड्डिहवा गाउँका ४५ वटा विद्युत पोलमा एक एक वटा वत्ती जडान गरि गाउँनै झिलिमिली बनाईएको छ, जसले गर्दा स्थानीयलाई सहज भएको छ ।
नवजागृति सामुदायिक वनका अध्यक्ष पदमलाल अधिकारीको अध्यक्षता तथा विशेष गाउँका युवाहरुको सक्रियतामा उक्त काम सम्पन्न गरिएको युवा समाजेसेवी, प्रगतिशिल युवा क्लवका सह सचिव बिष्णु घिमिरेले जानकारी दिएका छन् । यस कार्यले रातीमा सञ्चालन हुने सवारी साधन तथा सर्वसाधारणलाई सहज हुने उनले बताए ।
गाउँका सक्रिय युवाहरुको श्रमदानमा गोबड्डिहवा गाउँका सबै टोलहरुलाई समेटेर २ किलोमिटरको क्षेत्रफलमा रहेका ४५ वटा विद्युत पोलमा वत्ती जडान गरिएको घिमिरेले बताए । गाउँमा यो कार्यले स्थानीय समेत खुसी भएका छन् ।