ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोना भाइरसको डबल म्यूटन्ट भेरिअन्ट नेपालमा किन चिन्ताको विषय

लुम्बिनी दर्पण २०७८ बैशाख ३, शुक्रबार १०:४५
[sharethis-inline-buttons]

,

काठमाडौँ बैशाख ३

नेपालमा पनि कोरोना भाइरसको निकै सङ्क्रामक प्रकार डबल म्यूटन्ट भेरिअन्ट भेटिएको पुष्टि भएपछि स्वास्थ्यविद्‌ तथा भाइरोलजिस्टले चिन्ता व्यक्त गरेका छन्।बुधवार मात्रै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकले भक्तपुरका एक पुरुषमा दुई पटक उत्परिवर्तन भएको कोरोनाभाइरसको उक्त प्रकार भेटिएको थिए।महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाभाइरस सङ्क्रमण देखिएका पाँचवटा नमुना हङ्‌कङस्थित एक प्रयोगशालामा पठाइएकोमा एउटामा डबल म्यूटन्ट भेरिअन्ट पुष्टि भएको हो। त्यसबाहेक बुधवारसम्म नेपालमा यूके भेरिअन्ट १५८ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

के हो डबल म्युटन्ट भेरिअन्टर
भाइरसविज्ञ डा। लुना भट्ट शर्माका अनुसार अरू दुईवटा भेरिअन्टमा देखिसकिएको म्यूटेशन अर्थात्‌ उत्परिवर्तन एउटैमा देखिँदा त्यो उत्परिवर्तित प्रकारलाई डबल म्यूटन्ट भेरिअन्ट भनिन्छ।झन् सङ्क्रामक नयाँ भेरिअन्टका कारण नेपालमा कोभिड सङ्क्रमण तीव्र बढेको आशङ्का गरिएको छ ।“यसले भाइरसलाई फाइदा पुर्‍याउने र मान्छेलाई हानि पुर्‍याउने हुन्छ,” त्यसको चरित्रबारे उनले थपिन्।विश्वका कैयौँ देशमा अहिले कोरोनाभाइरसका विभिन्न भेरिअन्ट अर्थात्‌ उत्परिवर्तित प्रकारहरू देखा परिरहेका छन्।भारतमै यूके भेरिअन्ट र डबल म्यूटन्ट भेरिअन्टसहित कोरोनाभाइरसका विभिन्न प्रकार फैलिएको पुष्टि भएको छ।नयाँ भेरिअन्टहरूको प्रादुर्भाव र आगमनसँगै त्यहाँ दैनिक सङ्क्रमित हुने र मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ।

नेपालका लागि कति चिन्ताको विषयहरु
भाइरसविद् र जनस्वास्थ्यविद्‌ र चिकित्सकहरूले नेपालमा पनि दोहोरो उत्परिवर्तन भएको समेत नयाँ कोरोनाभाइरसका नयाँ प्रकारहरू फेला पर्नु सुखद सङ्केत नभएको बताएका छन्।पछिल्लो समय नेपालमा पनि सङ्क्रमित मानिसको सङ्ख्या बढिरहँदा नयाँ भेरिअन्टको उपस्थिति चिन्ताको विषय भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्ट्यान्ट डा। अनुप बास्तोला बताउँछन्।“नेपालमा मानिसहरूको भिडभाड तथा ठूल्ठूला जमघटहरू जारी रहेका बेला नयाँ भेरिअन्टहरू देखिनु आगोमा घ्यू थपिए सरह हो,” उनले भने।सङ्क्रमण फैलिने दर पनि उच्च देखिएकोले नेपालमा डबल म्यूटन्ट भेरिअन्ट पुष्टि हुनु चिन्ताको विषय भएको धारणा डा। लुना भट्ट शर्माको पनि छ।“अर्को कुरा यसले एन्टिबडी भनिने प्रतिरोधी प्रणालीलाई छल्ने र हाम्रो शरीरभित्र हुने टी(सेलले समेत यसलाई नचिन्ने भएकोले यो झन् खतरनाक छ,” उनले औँल्याइन्।यसको अर्थ कोरोनाभाइरसबाट सङ्क्रमित भई निको भएर एन्टिबडी बनिसकेका र खोप लगाइसकेका मानिस पनि फेरि सङ्क्रमण हुने जोखिमबाट मुक्त नभएको विज्ञहरू बताउँछन्।

डा। लुना भट्ट शर्माका अनुसार डबल म्यूटन्ट भेरिअन्टबारे अर्को चिन्ताको विषय भनेको सङ्क्रमण भएपछि त्यसले छिट्टै सिकिस्त बनाउनु हो।नियन्त्रण तथा रोकथामका उपाय के छन्रु
जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको डा। बास्तोला सुझाउँछन्।साथै मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड तथा जमघट नगर्नुपर्नेमा उनी जोड दिन्छन्।त्यसबाहेक भाइरसको विस्तार नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिङ अर्थात् सङ्क्रमितको सम्पर्क र संसर्गमा आएका मानिस पत्ता लगाउनु धेरै महत्त्वपूर्ण भएको विज्ञहरू बताउँछन्।

“सङ्क्रमण नियन्त्रण तथा रोकथामको दिशामा कन्ट्याक्ट ट्रेसिङ त एकदमै महत्त्वपूर्ण छ। अब डबल म्यूटन्ट भेरिअन्ट पुष्टि भएकै भक्तपुरका ती व्यक्तिबाट कतिलाई सङ्क्रमण भइसकेको होला,” उनले थपिन्।जनस्वास्थ्यविद्‌हरूले परीक्षणको दायरा पनिबढाउनुपर्नेमा जोड दिइरहँदा अहिले दैनिक सरदर चार हजारदेखि पाँच हजारवटा मात्र पीसीआर परीक्षण हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

स्रोत बी बी सी


प्रकाशित : २०७८ बैशाख ३, शुक्रबार १०:४५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech