ताजा अपडेट

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोना भाइरसको डबल म्यूटन्ट भेरिअन्ट नेपालमा किन चिन्ताको विषय

लुम्बिनी दर्पण २०७८ बैशाख ३, शुक्रबार १०:४५
[sharethis-inline-buttons]

,

काठमाडौँ बैशाख ३

नेपालमा पनि कोरोना भाइरसको निकै सङ्क्रामक प्रकार डबल म्यूटन्ट भेरिअन्ट भेटिएको पुष्टि भएपछि स्वास्थ्यविद्‌ तथा भाइरोलजिस्टले चिन्ता व्यक्त गरेका छन्।बुधवार मात्रै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकले भक्तपुरका एक पुरुषमा दुई पटक उत्परिवर्तन भएको कोरोनाभाइरसको उक्त प्रकार भेटिएको थिए।महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाभाइरस सङ्क्रमण देखिएका पाँचवटा नमुना हङ्‌कङस्थित एक प्रयोगशालामा पठाइएकोमा एउटामा डबल म्यूटन्ट भेरिअन्ट पुष्टि भएको हो। त्यसबाहेक बुधवारसम्म नेपालमा यूके भेरिअन्ट १५८ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

के हो डबल म्युटन्ट भेरिअन्टर
भाइरसविज्ञ डा। लुना भट्ट शर्माका अनुसार अरू दुईवटा भेरिअन्टमा देखिसकिएको म्यूटेशन अर्थात्‌ उत्परिवर्तन एउटैमा देखिँदा त्यो उत्परिवर्तित प्रकारलाई डबल म्यूटन्ट भेरिअन्ट भनिन्छ।झन् सङ्क्रामक नयाँ भेरिअन्टका कारण नेपालमा कोभिड सङ्क्रमण तीव्र बढेको आशङ्का गरिएको छ ।“यसले भाइरसलाई फाइदा पुर्‍याउने र मान्छेलाई हानि पुर्‍याउने हुन्छ,” त्यसको चरित्रबारे उनले थपिन्।विश्वका कैयौँ देशमा अहिले कोरोनाभाइरसका विभिन्न भेरिअन्ट अर्थात्‌ उत्परिवर्तित प्रकारहरू देखा परिरहेका छन्।भारतमै यूके भेरिअन्ट र डबल म्यूटन्ट भेरिअन्टसहित कोरोनाभाइरसका विभिन्न प्रकार फैलिएको पुष्टि भएको छ।नयाँ भेरिअन्टहरूको प्रादुर्भाव र आगमनसँगै त्यहाँ दैनिक सङ्क्रमित हुने र मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ।

नेपालका लागि कति चिन्ताको विषयहरु
भाइरसविद् र जनस्वास्थ्यविद्‌ र चिकित्सकहरूले नेपालमा पनि दोहोरो उत्परिवर्तन भएको समेत नयाँ कोरोनाभाइरसका नयाँ प्रकारहरू फेला पर्नु सुखद सङ्केत नभएको बताएका छन्।पछिल्लो समय नेपालमा पनि सङ्क्रमित मानिसको सङ्ख्या बढिरहँदा नयाँ भेरिअन्टको उपस्थिति चिन्ताको विषय भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्ट्यान्ट डा। अनुप बास्तोला बताउँछन्।“नेपालमा मानिसहरूको भिडभाड तथा ठूल्ठूला जमघटहरू जारी रहेका बेला नयाँ भेरिअन्टहरू देखिनु आगोमा घ्यू थपिए सरह हो,” उनले भने।सङ्क्रमण फैलिने दर पनि उच्च देखिएकोले नेपालमा डबल म्यूटन्ट भेरिअन्ट पुष्टि हुनु चिन्ताको विषय भएको धारणा डा। लुना भट्ट शर्माको पनि छ।“अर्को कुरा यसले एन्टिबडी भनिने प्रतिरोधी प्रणालीलाई छल्ने र हाम्रो शरीरभित्र हुने टी(सेलले समेत यसलाई नचिन्ने भएकोले यो झन् खतरनाक छ,” उनले औँल्याइन्।यसको अर्थ कोरोनाभाइरसबाट सङ्क्रमित भई निको भएर एन्टिबडी बनिसकेका र खोप लगाइसकेका मानिस पनि फेरि सङ्क्रमण हुने जोखिमबाट मुक्त नभएको विज्ञहरू बताउँछन्।

डा। लुना भट्ट शर्माका अनुसार डबल म्यूटन्ट भेरिअन्टबारे अर्को चिन्ताको विषय भनेको सङ्क्रमण भएपछि त्यसले छिट्टै सिकिस्त बनाउनु हो।नियन्त्रण तथा रोकथामका उपाय के छन्रु
जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको डा। बास्तोला सुझाउँछन्।साथै मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड तथा जमघट नगर्नुपर्नेमा उनी जोड दिन्छन्।त्यसबाहेक भाइरसको विस्तार नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिङ अर्थात् सङ्क्रमितको सम्पर्क र संसर्गमा आएका मानिस पत्ता लगाउनु धेरै महत्त्वपूर्ण भएको विज्ञहरू बताउँछन्।

“सङ्क्रमण नियन्त्रण तथा रोकथामको दिशामा कन्ट्याक्ट ट्रेसिङ त एकदमै महत्त्वपूर्ण छ। अब डबल म्यूटन्ट भेरिअन्ट पुष्टि भएकै भक्तपुरका ती व्यक्तिबाट कतिलाई सङ्क्रमण भइसकेको होला,” उनले थपिन्।जनस्वास्थ्यविद्‌हरूले परीक्षणको दायरा पनिबढाउनुपर्नेमा जोड दिइरहँदा अहिले दैनिक सरदर चार हजारदेखि पाँच हजारवटा मात्र पीसीआर परीक्षण हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

स्रोत बी बी सी


प्रकाशित : २०७८ बैशाख ३, शुक्रबार १०:४५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था
  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु
  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन
  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

“अमेरिकाको आक्रमण : इरानका तीन आणविक साइट प्रभावित”

राष्ट्रिय पुँजी विकासमा सहकारी भुमिका महत्वपुर्ण : मन्त्री अधिकारी

चितवनमा भएको दुर्घटनामा एकै परिवारका आमा, छोरा र गर्भवती बुहारीको मृत्यु

कपिलवस्तुमा ११३ चालक र सहचालकको आँखा परीक्षण

भर्खरै

  • ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

  • कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

  • “तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

  • इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

  • इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

  • “अमेरिकाको आक्रमण : इरानका तीन आणविक साइट प्रभावित”


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech