काठमाडौं, बैशाख ४
नेपालमा आज ८४३ जना कोरोनाका बिरामी थपिएका छन । पछिल्लो २४ घण्टामा ६ हजार ४ जनामा आरटिपिसिआर र एन्टिजेन विधिद्वारा गरिएको परिक्षणमा ८४३ जनामा कोरोना संक्रमणका बिरामी थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै आज २२६ जना कोरोनाका बिरामी कोरोना मुक्त भएका छन । नेपालमा अझै पनि ५ हजार ५४५ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।आज ५ जनाको ज्यान गएको छ।योसँगै कोरोनाबाट ज्यान जानेको संख्या ३ हजार ७५ पुगेको छ ।


















