राष्ट्रिय युवा संघ तिलोत्तमाको वडा भेला

[sharethis-inline-buttons]

तिलोत्तमा, ४ बैशाख ।
राष्ट्रिय युवा संघ तिलोत्तमाको वडा भेलाले २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । प्रेमकुमार केसीको अध्यक्षतामा गठित वडा कमिटीको उपाध्यक्षमा देवबहादुर गुरुङ्ग, सचिवमा निरज न्यौपाने, सहसचिवमा खिमलाल भण्डारी (गोपाल), कोषाध्यक्षमा सुमन खरेल र सहकोषाध्यक्षमा दिपक पौडेल रहेका छन् । त्यसैगरी सदस्यहरुमा सन्दिप सेन, संसद सेन, सुनिल ढकाल, राजन पाण्डेय, लोकनाथ पाण्डेय, सन्देश नेपाल, प्रयास ज्ञवाली, सन्तोष क्षेत्री, अजय क्षेत्री, सुमन अर्याल र सन्दिप थापा रहेका छन् । भेलाको उदघाटन गर्दै नेकपा एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टीलाई अहिलेको अवस्थामा ल्याइ पुर्याउन युवा संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारले गरेका सकारात्मक कामलाई जनतामा लैजान र पार्टीविरोधी गतिविधि र भ्रमलाई चिर्न संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।


प्रकाशित : २०७८ बैशाख ४, शनिबार १४:०८