आज एकैदिन १ हजार १५ जना थपिए कोरोनाका बिरामी , ८ जनाको ज्यान गयो

ByLumbini Darpan Online

५ बैशाख २०७८, आईतवार ११:३५ ५ बैशाख २०७८, आईतवार ११:३५ ५ बैशाख २०७८, आईतवार ११:३५

काठमाडौं ,बैशाख ५
आज एकैदिन १ हजार ९६ जनामा कोरोना संक्रमणका बिरामी थपिएका छन । पछिल्लो २४ घण्टामा ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जनामा र ६९९ जनाको एन्टिजेन परीक्षण गराउँदा ८१ जना गरी १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार जानकारी दिए ।

आज ८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएकोस्जास्थ्य मन्त्रालयले जनाएको छ । आज ज्यान जानेको यो संख्या सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ। नेपालमा ६ हजार २९० कोरोनाका सक्रिय बिरामी भएको मन्त्रालयले जनाएको छ । यस्तै हाल ८५ जना क्वारेन्टाइनमा र ६ हजार २९० जना आइसोलेसनमा छन्। ११६ जना आइसीयूमा र ४६ जना भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *