आज १२ सय २७ जना थपिए कोरोनाका बिरामी , ८ को ज्यान गयो

 

लुदअ ,काठमाडौं बैशाख ६
आज एकैदिन १२ सय ८१ जना कोरोना भाइरसका बिरामी थपिएका छन । पछिल्लो २४ घन्टामा ७ हजार १ आरटी पीसीआर र ५ सय ४७ को एन्टिजेन परीक्षण गराउँदा १२ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज थप ८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ।
आज २५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन ,यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७५ हजार ५५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा ८१ जना क्वारेन्टाइनमा र ७ हजार २५४ जना आइसोलेसनमा उपचार गराइरहेका छन्।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *