काठमाडौं ,बैशाख ७
कोरोना भाइरस विरूद्धको पहिलो चरणको खोप लगाएकालाई आजदेखि दोस्रो चरणको खोप लगाइँदैछ। दोस्रो चरणको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारले जानकारी दिएको छ।
यसअघि कोरोना भाइरसको पहिलो डोज लगाएकाहरुलाई माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा दोस्रो चरणको खोप लगाउन लागिएको हो हो।यस्तै मन्त्रालयले दोस्रो चरणको खोप लगाउन जाँदा खोप कार्ड र आफ्नो परिचय खुल्ने कुनै अनिवार्य लिएर जान सुझाएको छ।
खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाइनेछ। मन्त्रालयले सबै स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीलाई आफू पायक पर्ने खोपकेन्द्रमा गइ खोप लगाउन आग्रह गरेको छ।माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाले वैशाख ७ गते, माघ १८, १९, २०, २१, र २७ गते लगाएकालाई वैशाख ८ गते र माघ २२, २३, २४, २८ र फागुन २ गते लगाएकालाई वैशाख ९ गते लगाउन मिति तोकेको छ। यस्तै माघ २९ र फागुन ३,४,५, ६ गते लगाउनेलाई वैशाख १० गते र माघ ३० र फागुन ७,८,९ र १० गते लगाउनेलाई ११ गते खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ।




















