
लुदअ ,काठमाडौँ ,बैशाख ७
पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण देखिएको छ ।भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएको केही दिनमै उनीहरु संक्रमित भएका हुन् ।
शाह निकट स्रोतका अनुसार उनीहरुले भारतबाट फर्किएर आउना साथ आफ्नो कोरोना परीक्षण गराएका थिए ।स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार शाह दम्पतीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ ।

