
महेन्द्रनगर ,बैशाख ७
कञ्चनपुरमा थप ७९ जना कोरोनाका बिरामी थपिएका छन ।कञ्चनपुर महाकाली अस्पतालमा गरिएको पीसीआर परीक्षणमा भीमदत्तनगरपालिकाका २३ जना कोरोनाका बिरामी थपिएका हुन ।
त्यसैगरी एन्टिजेन परीक्षणमा ५६ जनालाई संक्रमण पुष्टि भएको हो । जसमध्ये ३५ जना भारतबाट आएका हुन भने अन्य भीमदत्त नगरपालिकाका स्थानीय नै हुन् । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टका अनुसार हालसम्म जिल्लामा २ सय ५६ जना एन्टिजेन पोजिटिभ छन् भने ८९ जना पीसीआर पोजेटिभ देखिएको हो । जिल्लामा कोरोना संक्रमण दर तीब्र भएपछि भीमदत्तनगरपालिका विद्यालय ९ दिनका लागि बन्द गरिएको छ ।