लुदअ ,काठमाडौं, ७ बैशाख
आज एकैदिन १७ सय ३६ जनामा कोरोना भाइरसका बिरामी थपिएका छन । पछिल्लो २४ घन्टामा ८ हजार ७३८ जनामा कोरोना परीक्षण गराउँदा १७ सय ३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोमबार २५१ जना कोरोनामुक्त भएका छन । यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै ,अहिले नेपालमा ९२ जना क्वारेन्टाइनमा र ८ हजार ६५९ जना आइसोलेसनमा छन्।पछिल्लो २४ घन्टामा थप ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १०२ पुगेको छ।




















