ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनीमा बढ्यो कोरोना संक्रमण ,भरिए अस्पताल

लुम्बिनी दर्पण २०७८ बैशाख ८, बुधबार ०६:४७
[sharethis-inline-buttons]

 

बुटवल बैशाख ८
पछिल्लो समय लुम्बिनी प्रदेशमा कोरोना संक्रमण बढ्न थालेको छ । संक्रमण ब बढ्न थालेपछि प्रदेशका चारवटै कोरोना विशेष अस्पताल भरिएपछि नयाँ संक्रमितले भर्ना पाउन छाडेका छन् । गत वर्षको तुलनामा यसपालि कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि उपचारमा कठिनाइ भइरहेको छ ।

रूपन्देहीको बुटवल, भैरहवा, दाङको बेलझुन्डी र बाँकेको नेपालगन्जमा कोरोना विशेष अस्पताल सञ्चालनमा छन् । यीबाहेक नेपालगन्ज मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, क्रिमसन अस्पताललगायतमा कोरोनाका बिरामीको उपचार भइरहेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना विशेष अस्पतालमा मात्र २ सय ४१ बेड छन् । यहाँका विभिन्न निजी अस्पतालले ३ सय ८१ बेड कोरोना संक्रमितका लागि छुट्याइएका छन् । लुम्बिनी प्रदेशमा सरकारले तोकेका चार कोरोना अस्पताल र तीन निजी अस्पतालमा गरी १ सय ३१ आईसीयू बेड छन् । त्यस्तै, १ सय १५ वटा एचडीयू, ८२ भेन्टिलेटर र ४ सय ९७ जनरल बेड रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार ५९ संक्रमित आईसीयूमा उपचाररत छन् भने १० जना भेन्टिलेटर र जनरल बेडमा ५६ जना लक्षण भएका बिरामी रहेका छन् ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा १६ आईसीयू बेड रहेकामा अहिले १२ वटा मात्र सञ्चालनमा छन् । सबै बेडमा बिरामी छन् । बुटवल कोरोना विशेष अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले संक्रमितको संख्या बढे पनि बेड नबढेको बताए । सरकारले गर्नूस् मात्र भन्ने तर कार्यान्वयनको पाटोमा मौन बसिदिँदा अस्पताललाई अप्ठ्यारो परेको उनको भनाइ छ । रूपन्देहीकै भैरहवास्थित भीम अस्पतालका पाँच आईसीयूमध्ये दुईवटा मात्र प्रयोग भइरहेको अस्पतालका प्रवक्ता डा। नारायण पोखरेलले बताए । ‘अन्य बेडको मर्मत गरिरहेका छौं,’ उनले भने, ‘एचडीयू सुविधासहितको बेड बनाउनका लागि बजेट विनियोजन भई काम भइरहेको छ ।’

बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा पाँच आईसीयू बेड र २० एचडीयू बेड सञ्चालनमा छन् । ती बेड भरिभराउ अवस्थामा छन् । अस्पतालमा भर्ना भएका संक्रमितमध्ये दुई जना ६ देखि १२ वर्षभित्रका छन् । अस्पताल सञ्चालन भइरहेको भवनको माथिका दुई तलामा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत नेपाल केन्द्रीय विद्यापीठ रहेको छ । विद्यापीठमा हरेक दिन विद्यार्थी पढ्न आउँछन् । अस्पतालमा बिरामीको चाप यही अवस्थामा बढ्दै गएमा समस्या पर्ने जानकारी प्रशासन, स्थानीय तह र प्रदेश सरकारलाई गराएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । लकडाउनको समयमा विद्यापीठको भवनलाई कोरोना विशेष अस्पताल बनाइएको थियो । त्यतिबेला पठनपाठन बन्द भएकाले शैक्षिक भवनमा ५० शय्याको व्यवस्थापन गरी बिरामी राखिएको थियो । हाल पठनपाठन अन्यत्र सार्न कठिन भइरहेको नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डिन प्रा।डा। सञ्जय पोखरेलले बताए ।

नेपालगन्जस्थित भेरी अस्पतालमा मंगलबार दिउँसोसम्म ८२ संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश थापाले बताए । ‘एक सय बेड क्षमता भएकाले अहिलेसम्म थेग्न सकिएको छ,’ उनले भने, ‘संक्रमितको उपचारमा खटिने जनशक्तिलाई नै संक्रमण देखिन थालेकाले अवस्था नाजुक बन्दै गएको छ ।’ यही अवस्थामा जनशक्ति संक्रमित भइरहे अस्पताल बन्द हुने संकेत देखिएको उनको भनाइ छ । स्रोत ई कांतिपुर


प्रकाशित : २०७८ बैशाख ८, बुधबार ०६:४७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech