चर्चित रोइला गायक शिरिष देवकोटाको भजन “लाईदेउ कृष्ण पार” सार्वजनिक (भिडियो सहित)

ByLumbini Darpan Online

८ बैशाख २०७८, बुधबार १४:४१ ८ बैशाख २०७८, बुधबार १४:४१ ८ बैशाख २०७८, बुधबार १४:४१

 

थानेश्वर अधिकारी ।

चर्चित रोइला गायक शिरिष देवकोटाको भजन गीत “लाईदेउ कृष्ण पार” सार्वजनिक भएको छ । शिरिष देवकोटाको लय , शब्द रहेको सो गीतमा निर्देशक मोडल स्मृति तिमिल्सिना र शिरिष देवकोटाको आवाज रहेको छ । गीतमा जिवन र जगतको यथार्थ कुरा बर्णन गरिएको छ ।

गायक देवकोटाले यस अघि पनि थुप्रै किसिमका देशभक्तिपुर्ण,सन्देशमुलक,मनोरञ्जनात्मक,रोइला , ख्याली गरी दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन् । उनको गीत संगित प्रतिको निरन्तर साधना र लगावका कारण उनका गीतमा अत्यन्त मौलिकता, कलात्मकता, श्रृंगारता पाइन्छ । उनका गीत मध्ये शहिदको रगतले मुछिएको धर्ति यो, रैछौ रन पनी, नजरैको भर,तल्ला घरे सान्नानी, अञ्जुली,उड्यो हवाइ जहाज एकोहोरो माया, लगायतका गीतहरु अत्यन्तै चर्चामा रहेका छन् ।

आवाजमा जादु रहेका देवकोटाको यो भजन गितमा गुरुआमा फिलिम्सबाट बजारमा आएको छ। गीत निकै मिठो बनेको छ। राज, सविना, सवित्रा, भरत, कृष्ण, उज्वल, टोपलाल लगायतको अभिनय रहेको भिडियोलाइ प्रकाश धमलाले सम्पादन गरेका हुन् भने स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन्।

भिडियो सहित…………

 

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *