विद्यार्थीका समस्या र गुनासालाई सम्बोधन गर्ने साझा थलो स्ववियु हो : सभापति खत्री

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
क्यु.ए.ए. प्रमाणपत्र प्राप्त जिल्लाकै एकमात्र क्याम्पस सिद्धार्थ क्याम्पस बुंची कपिलवस्तुका स्ववियु सभापति सुशील खत्रिले हरेक विद्यार्थीको गुनासो सुन्ने साझा थलो स्वतन्त्र विद्यार्थी युनियन रहेको दावि गरेका छन् । वैज्ञानिक र सर्वसुलभ जीवन उपयोगी शिक्षा आजको आवश्यकता, विद्यार्थी हकहित तथा अधिकारको संरक्षण हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ विद्यार्थीको स्वतन्त्र, साझा एवम् वैधानिक मञ्च स्ववियुद्धारा आयोजित क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत, सम्मान, २०७८ सालको भित्तेपात्रो विमोचन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सभापति खत्रीले विद्यार्थीहरुको शैक्षिक अधिकार र शैक्षिक विकासका लागि युनियनले सदैव सहयोगी भुमिका खेल्ने पनि बताए । उनले क्याम्पस पहिला भन्दा धेरै परिवर्तन भए पनि विद्यार्थीहरुका हरेक समस्या सम्बोधन गर्न अझै नसकिएको बताए ।

खत्रीले स्ववियुको पहलमा क्याम्पसमा बस ल्याउन सफल भएको स्मरण गर्दै सम्पुर्ण विद्यार्थीहरुका हरेक समस्या समाधान गर्न स्ववियु सदैव तयार रहने बताए ।


प्रकाशित : २०७८ बैशाख ८, बुधबार १४:२३