बुटवल , १० बैशाख
रुपन्देहीमा आज २ सय २७ कोना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा १ सय २८ पुरुष र ९९ महिला संक्रमित थपिएका हुन् । थपिएका संक्रमित मध्य सबैभन्दा बढि बुटवल उपमानगरपालिकाका रहेका छन् । बुटवलका मात्रै १ सय १५ जना रहेका छन् । जसमध्ये ५१ महिला र ६४ पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।
रुपन्देहीमा आज थपिएका २ सय २७ संगै कुल सङ्क्रमितको संख्या १० हजार ४४ पुगेको छ भने ९ हजार ६८ जना निको भएर घर फर्किएका छन् । रुपन्देहीमा हाल ८ सय ११ जनाको उपचार भइरहेको छ । रुपन्देहीमा हालसम्म १ सय ६५ जनालको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
संक्रमित हुनेहरुमा सिद्धार्थनगर नगरपालिकाका २४ पुरुष र १६ महिला गरि ४० जना‚ तिलोत्तमा नगरपालिकाका २४ पुरुष र १९ महिला गरि ४३ जना‚ सैनामैना नगरपालिकाका ७ महिला र ३ पुरुष गरि १० जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै देबदह नगरपालिकामा २ पुरुष र १ महिला गरि ३‚ कञ्चन गाउँपालिकामा ३ पुरुष र १ महिला गरि ४‚ रोहिणी गाउँपालिकामा ४ पुरुष थपिएका हुन् । यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका‚ सियारी‚ गैडहवा र सुद्धोधन गाउँपालिकामा १–१ जना रहेका छन ।