ताजा अपडेट

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

करहिया–मक्रहर खानेपानीमा पानीको महसुल घट्यो

लुम्बिनी दर्पण २०७८ बैशाख १०, शुक्रबार १३:५०
[sharethis-inline-buttons]

 

मणिग्राम , वैशाख १० ।

करहिया–मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चौथो साधारण रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ को आफ्नौ सभाहलमा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले खानेपानी संस्थाहरुले सरसफाईको कामलाई समेत प्राथमिकता दिनुपर्ने बताउँदै पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणालाई दिगो बनाउन सबैको उत्तिकैं भूमिका रहनुपर्नेमा जोड दिनुभएको छ । नगर प्रमुख घिमिरेले संस्था ऋण मुक्त भएकोमा खुशी व्यक्त गर्दै खानेपानीको सेवा विस्तारमा नगरपालिकाको तर्फबाट सधैं सहयोग रहने बताउनुभयो । खानेपानी उपभोक्ता तथा सरसफाई संस्था महासंघका रुपन्देही अध्यक्ष ध्रुव धितालले खानेपानी मुहानदेखि मुखसम्म स्वच्छ हुनुपर्ने बताउँदै यस क्षेत्रका खानेपानी संस्थाहरुले वितरण गर्ने पानी गुणस्तरीय रहेको बताउनुभयो । उहाँले पानीका स्रोतको उचित संरक्षण हुनुपर्ने बताउँदै पानी रिचार्जको वातावरण मिलाइनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष यज्ञ गैरेले नेतृत्व सम्हालेको अढाई वर्षमा देखिनेगरी प्रगतिका धेरै काम अघि बढाइएको बताउँदै नगर विकास कोषलाई एक करोड ९८ लाख ३३ हजार ३५४ रुपैंयाँ तिरेर संस्था ऋणमुक्त भएको जानकारी दिनुभयो । सेवा क्षेत्र विस्तारको क्रममा वडा नं. १० र १२ मा १०५ किलोमिटर पाइपलाइन विस्तार गर्ने र ओभरहेड ट्याङ्की निर्माण गर्ने कार्य अघि बढेको बताउँदै अध्यक्ष गैरेले यसबीचमा तिलोत्तमा नगरपालिकाको सहयोगमा संस्थाको सुविधा सम्पन्न हल निर्माण, कार्यालय व्यवस्थापन लगायतका पूर्वाधार निर्माणका काम सम्पन्न भएको बताउनुभयो । संस्थाले नगर विकास कोषबाट ऋण लिएर खानेपानी योजना निर्माण गरेकोमा कोषबाट उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित भएको जानकारी दिँदै उहाँले हाल झण्डै दुई हजार खानेपानी उपभोक्ता रहेको जानकारी दिनुभयो । संस्थाका वरिष्ठ उपाध्यक्ष लक्ष्मण खनालको स्वागत, सचिव निलकण्ठ ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल, वडा नं. १० का वडाध्यक्ष व्यसमुन थारु, संस्थाका सल्लाहकार मोहनराज शर्मालगायतले बोल्नुभएको थियो । साधारणसभाको बन्दसत्रले संस्था ऋणमुक्त भएको सन्दर्भमा पानी महसुल चार्ज घटाउने कार्यसमितिको प्रस्ताव पारित गरेको छ । जसअनुसार हाल न्यूनतम रकम १५० रहेकोमा अब १३० हुने भएको छ । साथै थप ११–१५ युनिट सम्मको महसुल हाल रु. १८ रहेकोमा रु. १५, १६–२० युनिट सम्मको महसुल हाल रु. २० रहेकोमा रु. १८ र २१ युनिटदेखि माथि हाल रु. २५ रहेकोमा रु. २० कायम भएको छ । साथैं बन्दसत्रल आगामी कार्यक्रमहरुको साथैं संस्थाको विधान संसोधन गर्नेलगायतका प्रस्तावहरु पारित गरेको छ ।


प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार १३:५०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था
  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु
  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन
  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण
प्रतिक्रिया

यो पनि पढौँ

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

डेढ करोड मूल्य बराबरको सुनसहित २ जना पोखरामा पक्राउ

चितवनमा बस र माइक्रो ठोक्किए: ७ जनाले ज्यान गुमाए, १८ घाइते

आश्चर्यजनक: ७७% निर्यात वृद्धि हुँदा पनि व्यापार घाटा १४ खर्ब पुग्यो

इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने

‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ द्धारा युवा क्लवलाई खेलकुद सामग्री सहयोग

मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा हुलाकमार्फत उजुरी, दर्ता हुन बाँकी

कम्बोडियाबाट ल्याइएका ज्योतिबहादुरले सुरूमा मितेरी सहकारी ठगे, पछि त्यहीँका पदाधिकारी

लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्माको घरबाट उद्धार गरिएकी बालिका: सर्वोच्च अदालतका तीन प्रश्नको जवाफ माग

इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

भर्खरै

  • ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

  • कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

  • “तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

  • इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

  • इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

  • “अमेरिकाको आक्रमण : इरानका तीन आणविक साइट प्रभावित”


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech