
हरि आचार्य, बैशाख ११
विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड १९० बाट बच्नका लागि अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न कपिलवस्तु उद्योग वाणिज्य संघले अनुरोध गरेको छ । यस संक्रमणको अवस्थामा धेरै मानिसहरु जम्मा हुने स्थानहरु व्यवसायी एवम् सर्वसाधारणहरुले अपनाउनु पर्ने कुराहरु जस्तै धेरै मानिस जम्मा हुने स्थानहरु, भिडभाडमा नजान,सामाजिक दुरी कायम गर्न, नियमित रुपमा साबुन पानीले हात धुन मेला, महोत्सव, जात्रा, पर्व, विवाह, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु संचालन गर्दा २५ जना भन्दा बढी सहभागी नहुन र हुनु परेमा ३ मिटरको दुरी अनिवार्य कायम गर्न संघले सबैलाई अनुरोध गरेको छ ।
कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे र महा सचिव मनोज पौडेलद्धारा संयुक्त रुपमा जारी बिज्ञप्तिमा सार्वजनिक निकाय, पसल, व्यवसाय तथा अन्य सार्वजनिक स्थलहरुमा सेनिटाइजर र माक्स लगाएर मात्र प्रवेश गर्ने, होटल तथा रेष्टुरेन्टहरुले जनस्वास्थ्यका मापदण्ड पालन गर्ने गरी सेवा प्रवाह गर्न र गराउन अनुरोध गरिएको छ ।
विज्ञप्तिमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को दोस्रो लहरको संक्रमणको उच्च जोखिममा नेपाल समेत रहेकोले सरकारले यसको जोखिमबाट बच्न विशेष अनुरोध गर्दै आएकोले छ। स्वास्थ्यप्रतिको सचेतनामा बाणगंगा नगर क्षेत्र भित्रका जो कोहि पनि छिमेकी राष्ट्रको सिमा क्षेत्रका बजारहरुमा किनमेल गर्न जाँदा कोभिड–१९ को जोखिम अझै बढ्ने हुँदा किनमेलका लागि सीमा क्षेत्रमा नजान सर्वसाधारणलाई सचेत गराईएको छ ।
संक्रमणबाट बच्न सरसफाइमा विशेष ध्यान दिन तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी हुने सूचनाहरु पूर्ण रुपमा पालना गर्न आफू सुरक्षित रहे मात्र अरुलाई सुरक्षित राख्न सकिन्छ भन्ने आशयका साथ सुरक्षा विधि अपनाउनु हुन सम्पूर्णमा विज्ञप्ति मार्फत अपिल गरिएको हो ।
विज्ञप्ति