
लुदअ, कपिलवस्तु
कोरोना भाईरस फैलिदैं गएपछि जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले सतर्कता अपनाउँदै तपाईको मास्क खोई भन्ने अभियान संचालन गरेको छ । मास्क नलागाई हिड्ने र भिडभाड गर्नेहरुलाई जिल्लाका बिभिन्न स्थानहरुमा अभियान संचालन गरि परामर्श गर्दै आएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका एसपी नवराज अधिकारीले जानकारी दिए ।
प्रहरीले जिल्लाको विभिन्न ठाउँहरूमा प्लेकार्ड सहितको ¥याली आयोजना गरी सन्देशमुलक सूचना प्रवाह गरिरहेकोे छ । मास्क नलगाइ हिड्ने व्यक्तिलाई ‘तपाईंकोे मास्क खोई ?’ भन्दै मास्क समेत वितरण गरिएको छ । भौतिक दुरी कायम राख्नुका साथै घर बाहिर निस्किदा मास्कको प्रयोग गरी आफु र आफ्नो परिवारलाई सुरक्षित गराउन कपिलवस्तु प्रहरी तिब्रताका साथ लागि परेको डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।