काठमाडौं, बैशाख १२
नेपालमा आज ३ हजारभन्दा बढी कोरोना संक्रमणका बिरामी थपिएका छन । बितेको चौबीस घण्टामा नौ हजार २सय ९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा सङ्क्रमण पुष्टि भएको, ७८६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा सङ्क्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४५० जना सङ्क्रमित निको भएका छन ।मुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ७७ हजार ५७३ पुगेको छ ।
हाल नेपालमा १९ हजार ३८२ जना सक्रिय बिरामी रहेका छन् । ६९ जना हाल क्वारेन्टिनमा छन् । एक हजार ५९४ जना संस्थागत् आइसोलेशनमा र १७ हजार ७८८ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले बताएको छ । ।पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१ सय ६४ पुगेको छ ।




















