आज ३ हजार ५सय५६ जना थपिए कोरोनाका बिरामी , १२ जना ज्यान गयो

[sharethis-inline-buttons]

 

काठमाडौं, बैशाख १३
नेपालमा आज एकैदिन ३ हजार ५सय ५६ जनामा कोरोना भाइरसका बिरामी थपिएका छन । पछिल्लो २४ घण्टामा १३ हजार २९३ जनामा आरटिपिसिआर र एन्टिजेन विधिद्वारा गरिएको परिक्षणमा ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

आज ३७८ जना कोरोना संक्रमणमुक्त भएका छन । हाल नेपालमा कोरोनाका संक्रिय बिरामीको संख्या २२ हजार ४ सय ३४ रहेको छ। आज १२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको भएको छ। योसँगै मृत्यु हुनेको कुलसंख्या ३ हजार १७६ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

 


प्रकाशित : २०७८ बैशाख १३, सोमबार १२:१०