
लुदअ, कपिलवस्तु
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाले दोस्रो लहरको कोरोना संक्रमणका कारण अर्को सूचना जारी नभएसम्मका लागि बैशाख १२ बाट सञ्चालित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
नगरले एक सुचना जारी गदैँ मिति २०७८/०१/१२ को सीसीएमसी र मन्त्रीपरिषदको निर्णय अनुसार परिक्षा स्थगित गरेको हो ।
साथै बाँकी रहेका परिक्षा र नतिजा प्रकाशन सम्बन्धी विस्तृत जानकारी पछि गराईने सुचनामा उल्लेख छ ।
साथै नगरपालिकाका सबै शैक्षिक संस्थाको पठनपाठन पनि बन्द गरिने सुचनामा उल्लेख गरिएको छ ।