सामाजिक विकास समिति सभापती भुषालका तीन शुत्रीय युवा लक्षित कार्यक्रम

ByLumbini Darpan Online

१४ बैशाख २०७८, मंगलवार १५:३० १४ बैशाख २०७८, मंगलवार १५:३० १४ बैशाख २०७८, मंगलवार १५:३०

लुदस,कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका सामाजिक विकास समिति सभापती अध्यक्ष भिष्मराज भुषाले युवा लक्षित कार्यक्रमका लागी तीन शूत्रीय कार्यक्रम अगाडी सारेका छन् । सभापती भुषालले युवाहरुलाई सबै भन्दा पहिले सचेतना जगाउनुपर्ने, त्यस पछि सीपमूलक कार्यक्रममा सहभागि गराउने र सीप आर्जन गराई आत्मनिर्भन गराउने गरी काम गर्नुपर्ने योजना अगाडी सारेका छन् । युवाहरुको हक र अधिकारका लागि नगर र वडाले योजनागत बजेट विनियोजन गर्ने गरेको पनि उनले बताएका छन् ।

नेपाल युवा संस्था संजाल (आयोन)ले आयोजना गरेको युवाका आवश्यकता र मागमा केन्द्रित जनप्रतिनिधिसँगको संवाद कार्यक्रममा भुषालले विशेष गरी युवाहरुका लागि वडा तथा नगरले तिन वटा विषयमा ध्यान दिदै कार्यक्रम र योजना बनाइरहेको बताएका छन् । उनका अनुसार वडा तथा नगरमा रहेका युवाहरुलाई सचेतनामूलक सन्देशहरु प्रवाह गर्ने, सीपमूलक तालिममा सहभागि बनाउने र तालिम लिएका युवाहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने गरी योजना बनिरहेको बताएका छन् ।

बाणगंगा नगरपालिका भित्रका विभिन्न वडाका युवाहरुको सहभागिता रहेको संवाद कार्यक्रममा युवाहरुले आफुहरुका माग र आवश्यकताहरु बारे प्रश्न राखेका थिए । सहभागिहरुका प्रश्नको जवाफ दिदै भुषालले नगरपालिकाका हरेक युवाहरुका लागि नगर स्तरिय र वडा स्तरिय योजना तर्जुमा भईरहेका र आगमी वर्षहरुमा पनि युवा लक्षित कार्यक्रमहरु प्रभावकारी किसिमले संचालन गरीने प्रतिबद्धता जनाएका छन् ।

युएस्एआइडी, आइएफइएस तथा नेपाल युवा संस्था संजाल आयोनको सहकार्यका कपिलवस्तु जिल्ला लगायत ६ वटा जिल्लामा संचालित शुसासनका लागी युवा कार्यक्रम अन्र्तगत यो कार्यक्रम संचालन गरिएको हो । कार्यक्रम सोमबार बाणगगा नगरपालिका वडा नं ५ मा आयोजना गरिएको थियो । कार्यक्रममा आयोनका उपाध्यक्ष एवम् फोकल पर्सन थानेश्वर अधिकारीको संचालन तथा युवा च्याम्पियन राजेन्द्र खनालको सहजिकरण रहेको थियो । युवाहरुका लागि वडा र नगरले बनाउने वार्षिक योजनामा युवा सहभागिता र योजनाका विषयमा संवाद केन्द्रित रहेको सहायक फोकल पर्सन सागर पौडेलले जानकारी दिएका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *