
पोखरा ,बैशाख १५
गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। निषेधाज्ञा जारी भएको र कोरोना फैलिरहेको बेला पीसीआर परीक्षणबिना संसद चल्न नहुने भन्दै सत्तारुढ एमालेले मंगलबार संसद अवरुद्ध गरेको थियो। त्यसपछि सबै सांसद एवं संसदका कर्मचारीहरुको कोरोना परीक्षण गरिएको थियो।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला सांसदहरुको कोरोना परीक्षण गरिएको थियो।
गण्डकी स्वास्थ्य निर्देशनालयले सांसदहरुको कोरोना रिपोर्ट बुझाएको छ। एमालेका दुई र कांग्रेसका एक जना सांसदलाई कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । तर १ बजे दिउँसो संसद बैठक बस्ने तय भएको छ। संसद सचिवालयले कोरोना लागेका सांसदलाई बैठकमा बोल्न नदिने तर अविश्वासको प्रस्तावमाथि मतदान गर्न दिने बताएको छ ।