आज ४ हजार बढी कोरोना बिरामी थपिए, १७ जनाको ज्यान गयो

ByLumbini Darpan Online

१५ बैशाख २०७८, बुधबार १२:३४ १५ बैशाख २०७८, बुधबार १२:३४ १५ बैशाख २०७८, बुधबार १२:३४

 

काठमाडौं, बैशाख १५
नेपालमा आज ४ हजार बढीमा कोरोना भाइरसका बिरामी थपिएका छन । पछिल्लो २४ घण्टामा पिसिआरबाट ४ हजार ७ सय ७४ र एन्टिजेनबाट १ सय २३ जनामा परिक्षण गर्दा कुल ४ हजार ८ सय ९७ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेजानकारी दिएको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ रहेको छ। जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै ७७३ जना कोरोना संक्रमणबाट मुुक्त भएका छन । आज थप १७ जनाको ज्यान गएको छ योसँगै कोरोनाबाट ज्यान जानेको कुलसंख्या ३ हजार २ सय११ पुगेको मन्त्रालयले बताएको. छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *