काठमाडौँ ,वैशाख १६,
आज नेपालमा एकैदिन ४ हजार ९२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वितेको २४ घण्टामा १३ हजार ५६० जनाको आरटिपिसिआर र एन्टिजेन विधिद्वारा गरिएको परिक्षणमा ४ हाजार ९२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बितेको पछिल्लो २४ घण्टामा ८ सय ८८ जना कोरोना मुक्त भएका छन । यो सँगै निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ
आज एकै दिन कोरोना संक्रमणबाट थप ३५ जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेकोस्वास्थ्य छ ।स्वास्थ्य मन्त्रालय जानकारी दिएको छ ।हालसम्म पीसीआर परीक्षण २४ लाख ५८ हजार ५ सय ६५ पुगेको छ । आइसोलेसनमा ३४ हजार १ सय १७ र क्वारेन्टाइनमा ५९ जना रहेका छन ।




















