
बैशाख १६ अर्घाखाँची ।
जिल्लाको शितगङ्गा १३ बन्चरे देउरालीको जङ्गलमा शितगंगा ४ पुराना गाउँका ६१ बर्षिय दुर्गा बहादुर बिक मृत अवस्थामा फेला परेका छन् । घरबाट हराएको एक महिना पछि बिक जङगलमा मृत फेला परेका हुन् । जङगलमा गाई हेर्ने गोठालाले सव देखेपछि ईलाका प्रहरी कार्यालय ठाडामा खबर गरेका थिए । जानकारी पाउने बित्तिकै ईप्रका ठाडाबाट प्रहरी टोली घटनास्थल पुगेर सबलाई पोष्टमाट्मका लागि सदरमुकाम सन्धिखर्क जिल्ला अस्पताल पठाएको ईप्रका ठाडाले जनाएको छ । मानसिक सन्तुलन ठिक नभएका उनी एक महिना देखि जङगलमा बसेको तीन चार स्थानमा ओड्ने बिछ्याउने बिस्तारा सहित प्रहरीले फेला पारेको छ । सव सडिसकेको अवस्थामा फेला परेको थियो । पाँच बर्ष अघि भारतबाट आएपछि उनी भान्जा ईन्द्र बहादुर बिकको घरमा बस्दै आएका थिए ।

