१७ वैशाख, वीरगञ्ज ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा २८८ जनामा कोरोना परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये १७५ जना पुरुष र ४४ जना महिला छन् परीक्षणका लागि बिहीबार गरिएको नमुना संकलनमा ६०।७६ प्रतिशतमा सक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । संक्रमित हुनेमा पर्साका १३१ जना, बाराका ३४ जना, रौतहटका ३ जना, सर्लाहीका ५ जना, महोत्तरी र दाङका १र१ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले बताएको छ ।




















