
काठमाडौं, बैशाख १७
शुक्रबार सर्वसाधारणलाई अपिल जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा राखेर हेरचाह गर्न शैय्या उपलब्ध गराउन नसकिने बताएको छ।
मन्त्रालयका अनुसार २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी बढिरहेको बताएको छ । संक्रमित संख्या बढि भएका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुर रहेका छन ।
देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलिरहेको भन्दै कुनै पनि माध्यमबाट देश तथा विदेश जाने आउने कामहरु पूर्णरुपमा बन्द गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले सबैसँग अनुरोध गरेको छ।