
बुटवल, बैशाख १७
नेपाली काँग्रेस रुपन्देहीले कोभिड–१९ नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर बन्न केन्द्र,प्रदेश सरकार र स्थानीय तहहरुलाइ आग्रह गरेको छ । कोरोना संक्रमितहरुले उपचारै नपाइ ज्यान गुमाइरहेको भन्दै नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाले संक्रमितको उचित उपचारको व्यवस्था गर्न तीन तहकै सरकारलाइ आग्रह गर्नु भएको हो ।
बुटवलको धागो कारखानामा रहेको कोभिड अस्पतला र भैरहवाको भिम अस्पतालमा बेड अभाव भएको भन्दै रज्जाकले तत्काल शैया थप गरी संक्रमितको उपचारको व्यवस्था गर्न माग गर्नु भयो ।आज एक विज्ञप्ती जारी गर्दै रज्जाकले कोरोनानियन्त्रणकालागि नाकामा कडाइ गर्न, भारतबाट फर्केकाहरुलाइ कोरोना परिक्षण पछि मात्र सम्बन्धित क्षेत्रमा पठाउन र संक्रमितको उपचारकालागि प्रयाप्त शैया,जनशक्ति,उपकरणको व्यवस्थापन गर्न केन्द्र,प्रदेश र स्थानीय सरकारको ध्यानकर्षण गराउनु भएको हो ।
‘संक्रमितको उपचारकालागि अस्पतालहरुमा प्रयाप्त बेड,अक्सिजन,स्वास्थ्य उपकरण,जनशक्तिको व्यवस्थापन गरी जनताको जीवन रक्षा गर्ने दायित्व सरकारले पुरा गरोस’ सभापती रज्जाकद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।रुपन्देहीमा हाल सम्म कोरोना संक्रमणबाट १ सय ८८ को मृत्यु भइसकेको छ । जिल्लामा हाल २ हजार ५५२ जना संक्रिय संक्रमित छन । अहिले बुटवल भैरहवाका कोभिड अस्पतालहरु संक्रमितले भरीएका छन । अस्पतालहरुमा बेड अभाव भएपछि गम्भिर लक्षण सहितका संक्रमितहरुले उपचार नपाइ ज्यान गुमाइ रहेका छन भने अक्सिजनको समेत अभाव भएको छ ।
कोरोनाले बिकराल रुप लिइसक्दा र उपचारै नपाइ बिरामीहरुले ज्यान गुमाइरहदा तीनै तहका सरकार मुकदर्शक भएर बसेको भन्दै सभापती रज्जाकलेजनताको स्वास्थ्य सुरक्षालाइ पहिलो प्राथमितामा राखेर काम गर्न आग्रह गर्नु भएको हो ।
।निषेधाज्ञा अवधीमा अत्यावश्यक सेवा तथा बस्तुहरुको सहज आपुर्तीको व्यवस्था मिलाउन पनि माग गर्नु भएको छ । सभापती रज्जाकले कोरोना संक्रमणबाट बच्न सबैले अनिवार्य मास्क,सेनिटाइजरको प्रयोग गर्न, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र निषेधाज्ञाको पालना गर्न पनि जिल्लाबासीलाइ आग्रह गर्नु भएको छ ।