टिका सानु र लिला पौडेलको ‘चोली कसिलो’ बोलको गीत बजारमा (भिडियोसहित)

ByLumbini Darpan Online

१७ बैशाख २०७८, शुक्रबार १४:४० १७ बैशाख २०७८, शुक्रबार १४:४० १७ बैशाख २०७८, शुक्रबार १४:४०

लुदस, कपिलवस्तु । नेपाली लोकदोहोरी क्षेत्रमा नयाँ नयाँ गीत आउने क्रममा लिला पौडेल र टिका सानुको बिल्कुलै नयाँ लोकदोहोरी गीत ‘चोली कसिलो’ बजारमा आएको छ। उक्त गीत लिला पौडेल र टिका सानुको सुमधुर स्वरमा सजिएको छ भने शब्द रचना सर्जक रमेश बि.जी. को रहेको छ।

मौलिक लय र शब्दमा श्रृगारित सो गीत माया प्रेममा आधारित रहेको छ । सुरज लामिछानेको लय ,बिनोद बाजुरालीको एरेन्ज रहेको उक्त गीतमा होम गुरुङको निर्देशन रहेको छ भने गणेश सापकोटाले छायांकन गरेका छन्।

उक्त गीत लालबिन्दु अफिसियल यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

भिडियो ……………..

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *